ad ad

कारोबार


सेयरबजारमा दिनदिनै उतारचढाव, ८६ अंकले घटेको नेप्से भोलिपल्टै ७३ अंकले बढ्यो

सेयरबजारमा दिनदिनै उतारचढाव, ८६ अंकले घटेको नेप्से भोलिपल्टै ७३ अंकले बढ्यो

नेपालखबर
फागुन २८, २०७६ बुधबार ९:५५,

सेयरबजार उतारचढावपूर्ण देखिएको छ। मंगलबार ८६ अंकले घटेको बजार सूचक नेप्से बुधबार भने ७३.७८ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से र सेन्सिटिभ दुवै सूचक बढेका छन्।

नेप्से ५.४७ प्रतिशतले र सेन्सिटिभ सूचक ४.९४ प्रतिशतले बढेको छ। मंगलबार नकारात्मक सर्किट ब्रेक भएको थियो। आज बजारमा १ सय ८० कम्पनीको ५६ लाख २६ हजार कित्ता सेयर बिक्री भएका छन् भने हिजोको तुलनामा आज कारोबार रकम पनि दोब्बरले बढेको छ।

मंगलबार अर्बको कारोबार भएको बजारमा आज बुधबार २ अर्ब २२ करोडको कारोबार भएको छ। आज बजार खुलेर बन्द नहुँदासम्म २३ हजार २ सय ३७ पटक कारोबार भएको छ। १२ समूहमध्ये म्युचुअल फन्डको कारोबार सूचक मात्रै घटेको छ भने बाँकी सबैको सूचक हरियो छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सबैभन्दा बढी २३ करोड ६६ लाखको सेयर कारोबार भएको छ। त्यस्तै एनआईसी एसियाको १४ करोड ६६ लाखको, एनएमबी बैंकको १२ करोड २१ लाखको, हिमालयन डिस्टिलरीको ११ करोड ८६ लाखको, नबिल बैंकको ६ करोड ६४ लाखको सेयर कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट, ग्लोबल आईएमई, प्राइम कमर्सियल बैंकलगायतको धेरै कारोबार भएको छ।

आजको कारोबारमा साल्ट ट्रेडिङका लगानीकर्तालाई फाइदा भएको छ। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २ सय ४१ रुपैयाँ आम्दानी गरेका छन्। चार कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको छ।

साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर बढेको हो। आज गुमाउने कम्पनीको भने ९.३४ प्रतिशतसम्म सेयर मूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .