सडक विभागले बीपी राजमार्गअन्तर्गत बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्डमा राति सवारी चलाउन रोक लगाएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंअन्तर्गतको सडक डिभिजन खाल्टेले सार्वजनिक सूचना निकाल्दै यसको जानकारी दिएको हो।
यसअनुसार उक्त खण्डमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारीसाधन आवागमन निषेध गरिएको छ।
सिन्धुली र काभ्रे जिल्लाका क्षतविक्षत सडक खण्डमा ट्रयाक निर्माण भए पनि हाल त्यसको मर्मत तथा स्तरोन्नति कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकाले हाललाई उक्त खण्डमा आवतजावत बन्द हुने सूचनामा उल्लेख छ।
गत असोज १०, ११ र १२ को वर्षात् र बाढीपहिरोका कारण बीपी राजमार्गको नेपालथोक–बर्खे खोला सडक खण्ड (सिन्धुली) को करिब ४ किमिभनदा बढी लम्बाइ सडक पूर्ण रुपले बगाएको छ। त्यहाँ पनि हाल ट्रयाक निर्माण गरी साना यात्रुवाहक सवारीको लागि मात्र आवागमन खुलाइएको छ।
Shares

प्रतिक्रिया