कारोबार


सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीका बाढी पीडितलाई राहत वितरण

सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीका बाढी पीडितलाई राहत वितरण

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १५:२, काठमाडौँ

सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोकको पनौती नगरपालिकामा राहत वितरण गरेको छ।

संस्थाले यहाँस्थित वडा नं. १२ का बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री राहतस्वरुप वितरण गरेको हो।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट संस्थाका सहअध्यक्ष श्रीमती निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सहसचिव शारदा राना, सिप्रदी अटो पाट्र्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा दुई सय घरपरिवारलाई राहतस्वरुप प्रतिघर डसना, सिरानी, झुल, तन्ना, खाना बनाउन प्रयोग हुने सामग्रीहरू कुकर, कराइ, जग, बाल्टिन, पनियो वितरण गरियो। कार्यक्रममा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र वडाध्यक्ष जयराम केसीको पनि उपस्थिति रहेको थियो।

सिप्रदी सहायता संस्था लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनीतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि क्रियाशील रहेको छ। संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो।

यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ। साथै संस्थाले वृद्ध नागरिक, नाबालक टुहुरा तथा भिन्न क्षमता भएका व्यक्तिलाई हरतरहबाट सेवा पुर्‍याउने निष्ठा राखेको छ।

यसका अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैवी प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पुनव्र्यस्थापनसम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad