दिनभर घटेको नेप्सेले अन्तिम समयमा हरियो बन्दै दसैँलाई स्वागत गरेको छ। बुधबार ४.८५ अंकले बढेर नेप्से सूचक १६६८.१७ अंकमा बन्द भएको हो।
मंगलबार घटेर राताम्मे बनेको नेप्सेले बुधबार पनि सुरुमा ओरालो यात्रा गरे पनि अन्तिम समयमा बढेको हो। आज नेप्से सूचक न्यूनतम २६४४ अंकमा पुगेको छ भने अधिकतम २६७२ अंकमा पुगेको छ।
अन्तिम समयमा हरियो बनेको बजारमा कारोबार भने ३ अर्ब ७६ करोड रुपैयाँको भएको छ। यो दिन लगानीकर्ताले २९४ कम्पनीको ८३ लाख १२ हजार कित्ता सेयर कारोबार गरेका छन्। जसमा १३० वटा कम्पनीको मूल्य बढेको छ भने १०२ वटा कम्पनीको मूल्य घटेको छ।
बढ्नेमा आज मिडसोलु हाइड्रो र युनाइटेड मोदी हाइड्रो अगाडि छन्। यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यसबाहेक अप्पर स्यांगे हाइड्रो र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ९ प्रतिशतले बढेको हो।
घट्नेमा भने थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले ह्रास आएसँगै नकारात्मक सर्किट लागेको छ। कारोबारको आधारमा भने आज नेपाल फाइनान्स अगाडि देखियो। यो कम्पनीको २२ करोडको सेयर कारोबार भएको हो।
Shares

प्रतिक्रिया