ad ad

कारोबार


नेपाल–भारत उद्योग वाणिज्य संघले गर्‍यो त्रिपक्षीय विद्युत् व्यापार सम्झौताको स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघले गर्‍यो त्रिपक्षीय विद्युत् व्यापार सम्झौताको स्वागत

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १८:५, काठमाडौँ

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको लागि नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय विद्युत् व्यापार सम्झौताको नेपाल– भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ।

विद्युत् व्यापारको लागि भारतको ग्रिडमार्फत नेपाल र बंगलादेशबीचको विद्यत् व्यापारलाई सहज बनाउने ऐतिहासिक त्रिपक्षीय सम्झौताको संघले स्वागत गरेको हो। 

‘क्षेत्रीय विद्युत व्यापारलाई सार्थक विविधीकरण गर्र्ने सिलसिलमा २०८१ असोज १७ गते (तदनुसार ३ अक्टोबर २०२४) मा काठमाडौंमा हस्ताक्षर गरिएको नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौता दक्षिण एसियामा दिगो हरित ऊर्जा प्रवद्र्धनको साझा लक्ष्यमा क्षेत्रीय सहकार्य र सीमा पार ऊर्जा सहयोगको लागि अर्को कोशेढुंङ्गाको लागि एक ऐतिहासिक दिन सावित हुनेछ भन्ने कुरामा यस संघ विश्वस्त छ’, संघले भनेको छ।  

ऊर्जामन्त्री दीपक खड्का, ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ, बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसन तथा भारतका राजदूत नविन श्रीवास्तवको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको थियो। 

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजाउल करिम, र भारतको विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङाले हस्ताक्षर गरेका थिए। 

काठमाडौँमा सम्पन्न यो सम्झौताले नेपालबाट बंगलादेशलाई भारतको प्रसारण संरचना प्रयोग गरी ४० मेगावाट जलविद्युत् निर्यात गर्न मद्दत पु¥याउँदै पहिलो पटक नेपालले तेस्रो देशलाई परिवत्र्य विदेशी मुद्रामा बिजुली निर्यात गर्ने आधार सृजना भएको संघको भनाइ छ। 

यसका लागि संघले पहिलेदेखि नै पहल गर्दै आएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .