ad ad

कारोबार


इजरायल–इरान तनावले बढायो कच्चा तेलको मूल्य

इजरायल–इरान तनावले बढायो कच्चा तेलको मूल्य

नेपालखबर
असोज १६, २०८१ बुधबार १३:५०, काठमाडौँ

बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। 

एजेन्सीहरुका अनुसार खाडी देशमा बढेको पछिल्लो तनावले कच्चा तेलको मूल्यवृद्धि भएको हो। 

मंगलबार राति इरानले सयौँ ब्यालिस्टिक क्षेप्यास्त्रले इजरायली सहरलाई निशाना बनाएको थियो। लेबनानको हिजबुल्लाहविरुद्ध निरन्तर कारबाही छेडेपछि इरानले त्यसको बदला भन्दै राति क्षेप्यास्त्र प्रहार गरेको थियो। 

सोसँगै ती देशवरपर तनाव झन् चर्केको छ। त्यसैको असर कच्चा तेलको मूल्यमा परेको हो। 

सीएनएनका अनुसार कच्चा तेलको ग्लोबल बेन्चमार्क ब्रेन्ट क्रुड २ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.८८ अमेरिकी डलर पुगेको हो। त्यसैगरी अमेरिकी कच्चा तेल बेन्चमार्क डब्लुटीआई पनि २ प्रतिशतले बढेर ७१.२० अमेरिकी डलर पुगेको छ। मंगलबार यी दुवै तेल साढे २ प्रतिशतले बढेको थियो। 

इरान पेट्रोलियम नियार्तक देशहरु (ओपेक)को ठूलो उत्पादक हो। इरानले चीनमा आफूले उत्पादन गरेकामध्ये अधिकांश निर्यात गर्दै आएको छ। अन्तर्राष्ट्रिय समुदाय विशेषतः पश्चिमा देशहरुले प्रतिबन्ध लगाएकाले उसले चीनमा बढी निर्यात गर्छ। विश्लेषकहरुले निर्यातमा कमी आएको र त्यसको असर विश्वबजारमा परेको बताएका छन। 

यता अनिश्चितता बढेसँगै विश्वका सेयरबजारमा समेत तनावको असर देखिएको छ। हङकङबाहेक अधिकांश एसियाली सेयरबजार राताम्य बनिरहेका छन्। सुनलाई लगानीकर्ताले ‘सेफ हेभन’ मान्दा गत हप्ताको हालसम्मकै मूल्यलाई पछ्याइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .