कारोबार


नेपाल चेम्बरद्वारा मास्कलगायतका सामग्री सहयोग

नेपाल चेम्बरद्वारा मास्कलगायतका सामग्री सहयोग

नेपालखबर
फागुन २५, २०७६ आइतबार ११:४७,

नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ।

चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामग्री उपलब्ध गराएको हो।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड १९)को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफूहरुले उपलब्ध गराएको सामाग्रीदृ सघाउ पु¥याउने विश्वास व्यक्त गरे।

चेम्बरले उपलब्ध गराएको सामग्री कोरोना भाइरस प्रवेश हुन सक्ने स्थानमा प्रयोग गर्ने बताए। उनले बजारमा सहजै सामाग्री पाउन नसकेको अवस्थामा निशुल्क उपलब्ध गराएर चेम्बरले गरेको सहयोग अपुरणिय भएको बताए।

त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एयरपोर्टजस्तो संवेदनशील क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामग्रीहरु महत्वपूर्ण हुने बताए।

नेपाल चेम्बर अफ कमर्सले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन, ह्याण्ड ग्लोभ, पेमर मास्क, नन कन्ट्राक्ट इन्फ्रारेड थर्मोमिटर लगायतका सामग्रीहरु उपलब्ध गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad