कारोबार


सांग्रिला मोटर्सको सिट्रोन सीथ्री गाडीमा विशेष अफर

सांग्रिला मोटर्सको सिट्रोन सीथ्री गाडीमा विशेष अफर

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १८:२७, काठमाडौँ

सिट्रोन ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले यस वर्ष भइरहेको नाडा अटो शोमा सिट्रोन सीथ्री (सिट्रोन सी३–आईसीई इन्जिन) गाडीमा विशेष अफर ल्याएको छ।

सीमित समयमा हुन गइरहेको यो अफरमार्फत, ग्राहकहरूले सिट्रोन सीथ्री खरीद गर्दा विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

नाडा अटो शोमा सिट्रोन सिथ्रीमा पाइने विशेष अफरहरू यस्ता छन्,
४ वर्ष निःशुल्क इन्धन
४ वर्ष निःशुल्क मर्मत सुविधा

नाडा छुट विशेष
निःशुल्क व्यापक बिमा १ वर्ष
१ वर्षको लागि निःशुल्क रोड ट्याक्स

त्यसैगरी, ग्राहकहरूले यो गाडी न्यूनतम ७४ लाख डाउन पेमेन्टमा खरीद गर्न सक्नेछन् साथै फाइनन्सियल सुविधाहरु पनि भएकाले नाडा अटो शोमा खरिद सहज हुने कम्पनीको भनाई छ।

यो विशेष अफर नाडा अटोशोको अवधिभर मात्र उपलब्ध हुनेछ साथै सीमित समयको लागि मान्य हुने पनि कम्पनीले स्पष्ट पारेको छ।

नाडा अटोशो सिट्रोन (स्टल बी११) मा गई यो अफरको फाइदा लिन सकिनेछ। साथै ग्राहकहरूको कुनै पनि जिज्ञासाहरूलाई जवाफ र सहजता प्रदान गर्न सिट्रोनका टीमको उपस्थिति रहने पनि कम्पनीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad