ad ad

कारोबार


नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालखबर
भदौ १२, २०८१ बुधबार २१:४७, काठमाडौँ

चीनको अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता गरेको छ।

यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौ मा सम्पन्न भएको हो। हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए।

नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर, दुवै कम्पनीहरूका प्रतिनिधिले स्वागत मन्तव्य राखेका थिए। साथै दुई कम्पनिबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो।

अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप  ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको कम्पनीले जनाएको छ। 

उक्त सहकार्यसँगै नेपाली इभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्ने कम्पनीको विश्वास छ।

सम्झौतापछि पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाचीनको प्रिमियम इभी ब्रान्ड जिकरको नेपालका लागि एकमात्र वितरक (एक्सक्लुसिभ डिस्ट्रिब्युटर) को रूपमा नियुक्त भएकोमा उत्साहित भएको बताए।

साथै, नाडा अटो सोको क्रममा जिकरको पहिलो मोडल औपचारिक रूपमा नेपाली ग्राहकसामु ल्याउने जानकारी पनि दिएका थिए।

यसैबीच पायोनियर मोटोकर्पले नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयुभि जिकर एक्स सार्वजनिक गरेको छ।

नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयूभी भएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .