ad ad

कारोबार


बिमालेख नवीकरण नगर्ने बढेपछि एसियन लाइफले ल्यायो छुटको स्किम

बिमालेख नवीकरण नगर्ने बढेपछि एसियन लाइफले ल्यायो छुटको स्किम

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ११:२२, काठमाडौँ

बिमालेख समयमै नवीकरण नगर्ने प्रवृत्ति बढेसँगै एसियन लाइफ इन्स्योरेन्सले बिमितका लागि छुटको स्किम ल्याएको छ।

इन्स्योरेन्सले २०८१ साउन मसान्तसम्म बिमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बिमालेखहरुका लागि नवीकरण शुल्कमा छुट दिने घोषणा गरेको हो। 

यसमा २०८१ भदौ ११ देखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बिमितलाई ब्याजमा छुट दिने भएको हो।

परिपक्व हुन ५ वर्षभन्दा माथिको समय भएका बिमालेखको हकमा कम्पनीले ब्याजमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षसम्मको समय भएका बिमालेखमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .