कारोबार


आज कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

आज कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

नेपालखबर
भदौ ९, २०८१ आइतबार ५:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटवढ् भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। 

त्यसैगरी लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad