उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त हुने बताएका छन्।
बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्वविहीनको अवस्थामा नरहने बताएका हुन्।
उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे। उनले धितोपत्र बोर्ड लामो समय नेतृत्वविहीन हुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे।
उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसम्मत शीघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए। अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए।
Shares

प्रतिक्रिया