कारोबार


मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरोले पृृथ्वी राजमार्ग एकतर्फी

मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरोले पृृथ्वी राजमार्ग एकतर्फी

फाइल तस्बिर (रासस)


रासस
भदौ ४, २०८१ मंगलबार १२:३९, मुग्लिङ (चितवन)

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । 

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad