कारोबार


इस्लिङ्टन कलेजको प्रविधि महोत्सव ‘फ्युचरामा’मा २५ सयबढी विद्यार्थी सहभागी

इस्लिङ्टन कलेजको प्रविधि महोत्सव ‘फ्युचरामा’मा २५ सयबढी विद्यार्थी सहभागी

नेपालखबर
भदौ ३, २०८१ सोमबार १९:२१, काठमाडौँ

इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ।

१४ देखि १६ अगस्टसम्म सञ्चालनमा रहेको कार्यक्रमको उद्देश्य सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै, उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु रहेको कलेजले जनाएको छ।

कार्यक्रममा एआई गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो। यी सबै प्रविधिहरू स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएका हुन्। जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गरेको कलेजको भनाई छ।

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा, र एनिमेशनका अनुभवहरू समावेश गरिएको थियो। ‘फ्युचरामा’ले अन्तरक्रियात्मक बूथहरू, प्रत्यक्ष प्रदर्शनीहरू, ज्ञानवर्धक कार्यशालाहरू मार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो।

यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ। कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको कलेजको विश्लेषण छ।

‘प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ। आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य

राखेको छ,’ आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताए।

प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्यूजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो।

आयोजकहरूले यो तीन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक, र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरेको जानकारी दिएका छन्। ३ दिनमा २५०० बढी सहभागीहरूले प्रदर्शनिमा उपस्थिति जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad