ad ad

कारोबार


१६ सहसचिवको जिम्मेवारी हेरफेर : यी हुन् अर्थ हाँक्ने ५ मुख्य हस्ती

१६ सहसचिवको जिम्मेवारी हेरफेर : यी हुन् अर्थ हाँक्ने ५ मुख्य हस्ती

नेपालखबर
भदौ २, २०८१ आइतबार ११:५९, काठमाडौँ

अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई आएका सहसचिवहरुलाई जिम्मेवारी प्रदान गरेको छ। 

अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो।

यसअनुसार हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ। पुडासैनी बाहिरबाट आएका हुन् भने आचार्य अर्थकै प्रशासन महाशाखा प्रमुख रहेका थिए। 

त्यस्तै रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक जिम्मेवारी तोकिएको छ।

यसैगरी मन्त्रालयले यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी  दिएको छ। 

त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन  महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ । 

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

त्यसैगरी श्यामप्रसाद भण्डारीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .