कारोबार


नेपाल टेलिकमको कुल आय र खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी ३६.७७ रुपैयाँ

नेपाल टेलिकमको कुल आय र खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी ३६.७७ रुपैयाँ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १३:२५, काठमाडौँ

गत आर्थिक वर्षमा नेपाल टेलिकमको कुल आय, सञ्चालन आय, खुद नाफा, करअघिको नाफा घटेको छ। 

टेलिकमले गत आवको वित्तीय विवरणअनुसार कुल आय २ अर्ब ८० करोड ६५ लाख (६.३२ प्रतिशत)ले घटेको हो। अघिल्लो आवमा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको टेलिकमले गत आवमा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ कमाएको हो। 

त्यसैगरी टेलिकमको कुल सञ्चालन आय पनि १ अर्ब ८१ करोड ३ लाख १५ हजारले घटेको छ। अघिल्लो आवमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार कुल सञ्चालन आम्दानी गरेको टेलिकमले गत आवमा ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार आम्दानी गरेको छ। 

त्यसैगरी टेलिकमको खुद मुनाफामा समेत १६.४४ प्रतिशतले कमी आएको छ। टेलिकमका अनुसार अघिल्लो आवमा ७ अर्ब ९२ करोड १ लाख ५५ हजारको तुलनामा गत आवमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार मात्रै मुनाफा गरेको छ। 

टेलिकमको करअघिको मुनाफामा ३.९१ प्रतिशतले कमी आएको छ। अघिल्लो आवमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार यस्तो मुनाफा गरेको कम्पनीले गत आवमा ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार रुपैयाँ मुनाफा गरेको छ। 

टेलिकमको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा रहेको छ। 

आय र नाफामा कमी आउनुमा ओटीटी सेवाको बढ्दो प्रयोग, बढी लागत, कम दरमा ब्यान्डविथ खरिद, जीएसएम अनुमतिपत्रको तेस्रो नवीकरणमा २० अर्ब भुक्तानीले प्रभाव पारेको टेलिकमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad