ad ad

कारोबार


हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौँ आइपुग्यो, २०२१ भित्र थप दुई विमान ल्याउने

हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौँ आइपुग्यो, २०२१ भित्र थप दुई विमान ल्याउने

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ६:६,

नेपालको निजी अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पाँचौं वार्षिकउत्सवको अवसरमा नयाँ एयरबस ए-३१९–११५ नेपाल भित्राएको छ।

सो नयाँ विमान सोमबार राति १०ः२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

नयाँ विमानको प्रवेशसँगै हिमालय एयरलाइन्ससँग ३ एयरबस ए३२०–२१४ र १ एयरबस ए३१९–११५ गरी ४ वटा विमान भएका छन्।

एयरबस ए ३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो। कुल ८ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको छ।

हिमालय एयरलाइन्सले यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने बताएको छ। त्यस्तै मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध बनाउने योजना रहेको बताएको छ।

एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले भने, ‘सन् २०२० मा हिमालय एयरलाइन्सको सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने एयरलाइन्सको रणनीति अनुरुप हाम्रो यो कदम हो। नयाँ विमानको प्रवेशसँगै हामीले हिमालय एयरलाइन्सको विकासमा निरन्तरता दिँदै देश र यस क्षेत्रकै उत्कृष्ट एयरलाइन्सको रुपमा स्थापित गरेर नयाँ उचाइमा पुर्याउने परिकल्पना गरेका छौँ। हाम्रो विमान थप गर्ने योजना अन्तर्गत सन् २०२१ सम्म ए३१९ का दुईवटा विमान थप गरिनेछ।’

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘तिब्बत र चीनको एकदमै महत्वपूर्ण गन्तव्य क्षेत्रहरुको उडानमा वृद्धि हुनेछ र यस क्षेत्रमा व्यापारिक, औद्योगिक र पर्यटकीय क्रियाकलापलाई प्रेरित गर्दै बढवा दिनेछ। हिमालय एयरलाइन्सको आवश्यकता अनुसारकै विशेषता र संरचना रहेको ए३१९ विमानले एयरलाइन्सको दीर्घकालीन तथा प्रतिस्पर्धात्मक भविष्य सुनिश्चित गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .