ad ad

कारोबार


विद्युत् प्राधिकरण सञ्चालक समिति : बिहान बैठकमा बोलाइए, दिउँसो हटाइए

विद्युत् प्राधिकरण सञ्चालक समिति : बिहान बैठकमा बोलाइए, दिउँसो हटाइए

नेपालखबर
साउन २०, २०८१ आइतबार १८:१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकमा बोलाइसकेपछि दिउँसो दुई सञ्चालकलाई हटाएको थाहा भएको छ। 

प्राधिकरण सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार पदमुक्त गरेको थियो। 

त्यसअघि दुवै जनालाई समितिको बैठक छ भनी पत्र पठाएको खुलेको छ। आइतबार बैठकमा आउन चिठीबाट जानकारी गराइए पनि दिउँसो इमेलमार्फत हटाएको जानकारी आचार्य र पुनले पाएका थिए। 

पदमुक्त भएका कपिल आचार्यले भने, ‘बिहान ११ः३५ मा बैठकमा बोलाएको चिठी बुझेको थिएँ, दिउँसो २ः३५ मा मन्त्रालयले इमेल गरी हटाएको जानकारी दियो।’

मन्त्रालयले पुन र आचार्यलाई पदमुक्त गरेपछि महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नयाँ सञ्चालक नियुक्त गरिसकेको छ। 

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .