ad ad

कारोबार


विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त

विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त

नेपालखबर
साउन २०, २०८१ आइतबार १५:३८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई सरकारले पदमुक्त गरेको छ। ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको जानकारी गराउँदै पत्र पठाइएको छ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनस् लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधिएको थियो।

साउन १५ मा सोधिएको स्पष्टिकरणको जवाफ साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदमुक्त गरिएको दाहालले पठाएको पत्रमा उल्लेख छ।

सञ्चालक समितिमा पुन उपभोक्ता समूहबाट र आचार्य जलविद्युत् क्षेत्रबाट सदस्य रहेका छन्। 

प्राधिकरणको सञ्चालक ऊर्जा मन्त्रालयले नियुक्त गर्छ। मन्त्रालयले यसअघि सदस्य हटाउने र अदालतको आदेशले फर्किएका उदाहरण पनि छन्। 

विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। त्यसको २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। उद्योगले प्रमाण नभएको भन्दै तिर्न नमानेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरण बोर्ड बैठकले तत्काललाई विद्युत् जडान गर्ने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .