ad ad

कारोबार


जुलाई महिनामा भित्रिए ६४ हजार ५९९ पर्यटक

जुलाई महिनामा भित्रिए ६४ हजार ५९९ पर्यटक

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:३१, काठमाडौँ

जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। २०२३ को तुलनामा बढे पनि २०१९ को भन्दा कम अर्थात् ९१ प्रतिशत मात्रै पर्यटक आएका हुन्। 

२०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक भित्रिएका छन्।

कोभिडअघि सामान्य अवस्था रहदाँ वर्षभरी १२ लाख पर्यटक भित्रिएका थिए। सरकारले चालू आर्थिक वर्षमा १६ लाखको लक्ष्य राखेको छ तर लक्ष्यभन्दा कम पर्यटक आएका हुन्। 

नेपालमा भित्रिने पर्यटकमध्ये भारतबाट सबैभन्दा बढी छन्।

भारतबाट २१ हजार ४९१ पर्यटक भित्रदाँ अमेरिकाबाट ७ हजार ८६४ पर्यटक भित्रिएका अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

तेस्रो नम्बरमा रहेको चाइनाबाट ६ हजार ८१९ पर्यटक भित्रिँदा चौथो नम्बरमा बेलायतबाट ३ हजार ८०६ पर्यटक आएका छन्। बंगलादेश पाँचौँ नम्बरमा रहँदा ३ हजार ४७० पर्यटक आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .