ad ad

कारोबार


टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसा डाटा प्याक

टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसा डाटा प्याक

नेपालखबर
फागुन १८, २०७६ आइतबार १३:१९,

नेपाल टेलिकमले प्रतिएमबी झन्डै ५ पैसा पर्नेगरी लार्ज डाटा प्याक उपलब्ध गराएको छ।

कम्पनीले ‘लार्ज डाटा प्याक’ अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ।

३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ रहेको छ।

त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ। यसको मूल्य ३ हजार रुपैयाँ छ। यो प्याकलाई प्रतिएमबीका दरले हिसाब गर्दा झन्डै ५ पैसा पर्ने टेलिकमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .