लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ।
२ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।
खुत्रुकेदेखि समुन्नतीसम्मको यात्रा रहेको फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ। उनले जम्मा गरेको जस्तै स–साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरूमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ।
लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ।
सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ। यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ।
साझा समृद्विको उत्सव मनाउँदै
फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सन्राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गरेको छ।
ब्रान्ड फिल्म हेर्न यहाँ क्लिक गर्न सकिनेछ।
Shares

प्रतिक्रिया