ad ad

कारोबार


भुक्तानीका समस्या समाधान र खरिद ऐनमा संशोधन गर्न निर्माण व्यवसायीको आग्रह

भुक्तानीका समस्या समाधान र खरिद ऐनमा संशोधन गर्न निर्माण व्यवसायीको आग्रह

नेपालखबर
साउन ८, २०८१ मंगलबार १८:४६, काठमाडौँ

निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको बताएका छन्।

मंगलवार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए।

उनले सरकारले निर्माण व्यवसायीहरूलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने बताए। उनले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे।

उनले भने,‘लामो कुरा गर्ने भन्दा पनि कामले देखाउने हो। पूर्वाधार विकास निर्माण व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको छ। निर्माण व्यवसायीहरुलाई समस्यामा पार्दा राज्यलाई अफ्ठ्यारो पर्छ। निर्माण व्यवसायीहरुलाई काम गर्न सहज र सरकारका आयोजनाहरु समयमा निर्माण सम्पन्न हुने वातावरण बनाउन सरकार तयार छ। त्यसमा निर्माण व्यवसायीहरुको साथ चाहिन्छ।’

भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .