कारोबार


सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री

सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री

नेपालखबर
साउन ६, २०८१ आइतबार १२:०, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दसौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाए। 

राज्यका संवद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने उनको भनाइ थियो। 

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकाउन्टेन्टहरूको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको पनि बताए।

‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र  विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, छपछिल्ला दिनहरुमा चार्टड एकाउन्टेन्छ सरकारका संवद्ध निकायहरूमा चार्टड एकाउन्टेन्टको दरबन्दी प्रवन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरू उठिरहेका छन्। छलफल चलिएरहेको छ।’

मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले उल्लेख गरे। 

अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको पनि बताए। 

आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेन्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे।

‘हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ। त्यो गुणस्तर कायम गर्नको लागि राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ,’ उनले भने, ‘त्यो प्रबन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरू आइरहेका छन्। त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ। केही समय लाग्नसक्छ। यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी गर्नुपर्ने महसुस गरेको बताए।

सरकारले सरकारी निकायहरूमा लेखापरीक्षणमा चार्टर्ड एकाउन्टेन्टहरूले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad