ad ad

कारोबार


एकै वर्ष सरकारले तिर्‍यो ८२ अर्ब ब्याज, ३ खर्ब ऋण भुक्तानीमा खर्च

एकै वर्ष सरकारले तिर्‍यो ८२ अर्ब ब्याज, ३ खर्ब ऋण भुक्तानीमा खर्च

नेपालखबर
साउन ३, २०८१ बिहिबार १८:३०, काठमाडौँ

सरकारले एक वर्षमा ८२ अर्ब रुपैयाँ ब्याज मात्रै तिरेको छ। वित्तीय व्यवस्थापनअन्तर्गत सरकारले गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ भुक्तानी गरेकोमा ८२ अर्ब ब्याज तिरेको हो। 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणतर्फ ७२ अर्ब ७६ करोड ब्याज भुक्तानी हुँदा बाह्य ऋणतर्फ ९ अर्ब २६ करोड रुपैयाँ ब्याज तिरेको छ। एक वर्षमा २ खर्ब २३ अर्ब रुपैयाँ सावाँ फिर्ता गरेको छ। 

सरकारको कुल ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपालको कुल ऋणमा ११ खर्ब ८० अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ भने १२ खर्ब ५३ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय ऋण छ। 

 यो कुल गार्हस्थ्य उत्पादनको आधारमा ४२.६५ प्रतिशत ऋण हो। आन्तरिकतर्फ २०.७० र बाह्य ऋण दायित्व २१.९५ प्रतिशत रहेको छ। 

गत वर्ष ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण उठाएको छ। आन्तरिक ऋणतर्फ २ खर्ब ३४ अर्ब रुपैयाँ उठाएको छ भने बाह्य ऋणतर्फ १ खर्ब २३ अर्ब रुपैयाँ ऋण उठाएको कार्यालयले जनाएको छ।  

सरकारले गत आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब ५८ अर्ब प्राप्त गरेको छ।

लक्ष्यको तुलनामा ७९ प्रतिशत उठाउँदा आन्तरिक ऋणतर्फ ९७.६८ प्रतिशत र बाह्यतर्फ ५८.१ प्रतिशत प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .