कारोबार


कोरोनाभाइरसको कारण डिटोलको बिक्री ह्वात्तै बढ्यो

कोरोनाभाइरसको कारण डिटोलको बिक्री ह्वात्तै बढ्यो

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ११:२९,

चीनबाट सुरू भएर विश्वव्यापी बनिरहेको नोवल कोरोनाभाइरस संक्रमणको कारण कीटाणुनाशक वस्तुहरुको बिक्री ह्वात्तै बढेको छ। एजेन्सीहरुका अनुसार डिटोल, लाइसोलजस्ता सफाइमा प्रयोग हुने उत्पादनहरुको बिक्री बढेको हो।

डिटोल र लाइसोलको उत्पादक रेकिट बेन्सकिसरले आफ्ना सरसफाइमा प्रयोग हुने वस्तुहरुको बिक्री बढेको बताएको हो। कोरोनाभाइरस फैलिनबाट डिटोल र लाइसोलले रोक्ने÷नरोक्ने निश्चित नभए पनि उपभोक्ताहरुले ती वस्तुको खपत बढी गरेका छन्।

भाइरसकै कारण मानिसहरुको किनमेल संस्कृतिमै परिवर्तन देखिनथालेको छ। रेकिटका अनुसार चीनमा धेरै मानिसहरु अनलाइनबाटै खरिदबिक्री गरिरहेका छन्। स्टोरमा जान डराउनुपर्ने भएपछि उनीहरुले यो विकल्प रोजेका हुन्।

कोभिड–१९ ले रेकिटको आपूर्ति प्रणालीमा नै असर गरेको छ। यसैबीच, कम्पनीले विश्वका विभिन्न स्थानमा कीटाणुनाशक उत्पादनहरु दान समेत गरेको बताएको छ। वुहानबाट फैलिएको भाइरसको संक्रमण ८२ हजारभन्दा बढीमा फैलिसकेको छ।

डिटोल र लाइसोलको बिक्रीका कारण कम्पनीको उत्पादन वृद्धिदर समेत ०.८ प्रतिशतले वृद्धि भएर १२ अर्ब पाउन्ड पुगेको छ। तर समग्र व्यवसाय भने ३ अर्ब घाटामा रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad