ad ad

कारोबार


एनसेलको नयाँ सुविधा : नम्बर आफैँ छान्न पाइने, ८० रुपैयाँमा दैनिक रोमिङ

एनसेलको नयाँ सुविधा : नम्बर आफैँ छान्न पाइने, ८० रुपैयाँमा दैनिक रोमिङ

नेपालखबर
असार २७, २०८१ बिहिबार १५:२६, काठमाडौँ

एनसेलले ग्राहकका लागि ३ नयाँ सुविधा ल्याएको छ।

निजी सेवा प्रदायक कम्पनी एनसेलले ग्राहक आफैँले छानेर नम्बर खरिद गर्न सक्ने व्यवस्था गरेको हो। 

कम्पनीका अनुसार ग्राहकले अन्तिमका ६ नम्बर छनोट गर्न सक्छन्।  

त्यसैगरी विदेशमा रहेका  २० लाख नेपाली र घुम्न जानेलाई  लक्षित गर्दै सधैं अन प्याकेज ल्याएको छ। 

दैनिक ७८.८८ रूपैयाँका दरले रोमिङ प्रयोग गर्न सक्छन्। रोमिङ एक्टिभ र डिएक्टिभ एनसेलको एपसँगै मोबाइल वालेट कम्पनीहरुबाट समेत गर्न सकिन्छ।  

नेपालमा अझै पनि मोबाइल २ जी प्रयोगकर्ता ७० लाख छ। उनीहरुलाई फेसबुकमार्फत सबैसँग जोड्न माउ कम्पनी मेटासँग सहकार्य गरेको छ।

अब एनसेलका २ जी प्रयोगकर्ताले सजिलैसँग फेसबुक चलाउन सक्नेछन्। एनसेलका सबै सुविधा लिन ‘एस्ट्रिक१२३ह्यास’ डायल गरी लिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .