ad ad

कारोबार


७ वर्षीया चिनियाँ बालिकाले जब पत्ता लगाइन् टेस्लाको कमजोरी, मस्कले प्रतिक्रिया दिएपछि भाइरल

७ वर्षीया चिनियाँ बालिकाले जब पत्ता लगाइन् टेस्लाको कमजोरी, मस्कले प्रतिक्रिया दिएपछि भाइरल

चिनियाँ बालिकाले विद्युतीय कार टेस्लाको कमजोरी पत्ता लगाएकी छिन् (एससीएमपी/रोयटर्स)


नेपालखबर
असार २०, २०८१ बिहिबार १६:४८, काठमाडौँ

एक सात वर्षीया चिनियाँ बालिकाले विद्युतीय कार टेस्लाको कमजोरी पत्ता लगाएकी छिन्। यसबारे एक्स (ट्विटर)मा टेस्ला मालिक इलोन मस्कलाई समेत भनेकी थिइन्। तर मस्कले उनलाई प्रतिक्रिया दिन्छन् भन्नेचाहिँ सोचेकी थिइनन्।

यस्तैमा संसारकै धनाढ्य व्यक्तिबाट प्रतिक्रिया मिलेपछि चिनियाँ सामाजिक सञ्जाल यहीबारे भरिएको छ। 

जुलाई १ मा ‘ड्राइभग्रिनलिभग्रिन’ ह्यान्डल प्रयोगकर्ताबाट एक्समा एक भिडिओ राखिएको थियो। जसको शीर्षक ‘मलीले एक हानिकारक महत्त्वपूर्ण कीटाणुबारे भन्ने निर्णय गरिन्’ थियो र प्रविधि अर्बपतिलाई ट्याग पनि गरियो। 

उक्त भिडिओमा एक मली भन्ने बेइजिङकी बालिकाले टेस्लाको टचस्क्रिनमा समस्या देखिएको भन्दै ध्यानाकृष्ट मात्र गरिनन्, मस्कले यसको समाधान गर्ने विश्वास पनि जताइन्। 

उनले भनेकी थिइन्, ‘हेल्लो मिस्टर मस्क! तपाईंको कारबारे मसँग प्रश्न छ। जब म तस्बिर कोर्छु, कहिलेकाहीँ यसरी पनि हराइदिन्छ।’ 

आफ्नो समस्या बताउँदै उनले स्क्रिनमा कोर्छिन् र टचस्क्रिनमा नयाँ बनाउन खोज्दा अघिल्लो तस्बिर हराएको समस्या देखाउँछिन्। 

टेस्लाको टचस्क्रिनमा समस्या देखाउँदै मली। तस्बिर : डाउयिन

त्यसपछि मलीले सिधै मस्कसँग सोध्छिन्, ‘तपाईंले देख्नुभयो? यसलाई मिलाउन सक्नुहुन्छ? धन्यवाद।’

त्यसपछि धेरैलाई आश्चर्यमा पार्छ मस्कको प्रतिक्रियाले। उनले सोही दिन उनलाई रिप्लाई गर्छन्– निश्चित रुपमा। 

टाइड न्युजसँगको अन्तर्वार्तामा मलीकी आमाले कसरी छोरीले यसबारे पत्ता लगाइन् भन्ने बताएकी छिन्। 

‘उनी सडक किनारामा तस्बिर कोरिरहेकी थिइन्। र भनिन्– यो कसरी हराउँछ भन्ने मस्कलाई देखाउन चाहन्छु। जब मैले हिजो मस्कको प्रतिक्रियाबारे सुनाएँ, उनी साह्रै खुसी भइन्’, याओले भनिन्। 

आमा याओकी अनुसार उनी ३ वर्षको उमेरदेखि नै बेइजिङमा पढिरहेकी छिन् र उनको अंग्रेजी पनि निकै राम्रो छ। 

‘म उसको सञ्चार गर्ने तरिकामा निखारता चाहन्थेँ। अरुले पनि यसलाई रिपोस्ट गर्छन् भन्ने सोचेकै थिइनँ। जुन एक्समा भाइरल हुन्छ र मक्सले यसरी रिप्लाई पनि गर्छन् भनेर’, उनले भनिन्। 

छोरीको पोस्ट भाइरल भएपछि याओले पाठ सिकेको बताइन्। उनले आफूलाई अभिव्यक्त गर्दा नसोचेको (उत्सावर्द्धक) परिणाम आउनसक्छ। जुन उनका लागि प्रेरणा भएको छ। 

उक्त भिडिओलाई एक्समा ११ लाखले हेरिसकेका छन्। सातवर्षीया बालिकाको खुलेर प्रशंसा भएको छ। 

त्यसो मस्क चिनियाँ सर्वसाधारणसँगको अनलाइन अन्तर्क्रियामा सहभागी भएको पहिलोपटक होइन। 

२०२१ को डिसेम्बरमा आफूजस्तै देखिने एक चिनियाँ टेस्ला छेउमा उभिएर मज्जाले चिनियाँ भाषामा बोलेको भिडिओ पनि एक्समा खुबै भाइरल भएको थियो। उनलाई चिनियाँ मस्कको उपमा दिइएको थियो। त्यतिखेर पनि उनले एक्समा ‘सायद म अलि अलि चिनियाँ पनि हुँ कि!' भन्दै प्रतिक्रिया दिएका थिए। एससीएमपीबाट   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .