ad ad

कारोबार


अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकाशा

अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकाशा

नेपालखबर
असार १७, २०८१ सोमबार १६:२४, काठमाडौँ

अर्थ मन्त्रालयले दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकाशा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन्।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिकक ५ हजार पाउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ। उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .