कारोबार


सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच साझेदारी

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच साझेदारी

नेपालखबर
असार १७, २०७६ मंगलबार ११:२७,

सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिले ग्राहकहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिसँग साझेदारी गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शमशेर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन्।

साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजना यही असार १६ बाट लागू भएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad