ad ad

कारोबार


२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, १४२ वटाको मूल्य बढ्यो

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, १४२ वटाको मूल्य बढ्यो

नेपालखबर
असार १०, २०८१ सोमबार १५:१६, काठमाडौँ

सोमबारको कारोबारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

नेपाल फाइनान्स र गणपति लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। 

योसँगै लगानीकर्ताले क्रमशः ८३.६० र १४४.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यसबाहेक कमाउने लगानीकर्ताले आज अधिकतम ७.२१ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन्। सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

त्यस्तै गुमाउने लगानीकर्ताले आज ७.०१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। आज ९४ कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर भने आइतबारकै मूल्यमा कारोबार भएको छ। 

५ अर्बको कारोबार 
आज कुल कारोबार ५ अर्ब ७ करोड रुपैयाँको भएको छ। मेरो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख, एनआरएन हाइड्रोपावर एन्ड डेभलपमेन्टको १८ करोड ४१ लाख, पोखरा फाइनान्सको १६ करोड १७ लाख, माउन्टेन इनर्जीको १४ करोड ५८ लाख, मञ्जुश्री फाइनान्सको १४ करोड २८ लाखको कारोबार भएको छ। 

साताको दोस्रो कारोबार दिन नेप्से सूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .