ad ad

कारोबार


वाइडबडी प्रकरण : सुगतरत्न कंसाकार १० लाख धरौटीमा छुटे

वाइडबडी प्रकरण : सुगतरत्न कंसाकार १० लाख धरौटीमा छुटे

नेपालखबर
असार ९, २०८१ आइतबार २१:०, काठमाडौँ

वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त सुगतरत्न कंसाकार १० लाख रूपैयाँ धरौटीमा छुटेका छन्।

विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसँग बयान र थुनछेक बहसपछि १० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा भएको बयान र थुनछेक बहसपछि यो आदेश आएको हो।  

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीकाअनुसार, आदेश आएलगत्तै कंसाकारले धरौटी बुझाएर छुटेका हुन्।

कंसाकार निगममा महाप्रबन्धक भएका बेला दुईवटा वाइडबडी जहाज खरिद गरिएको थियो। सो खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले कंसाकारसहित ३० जनाविरुद्ध २०८० चैत २२ मा भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।

यसमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष अख्तियारको छ।

सोही मुद्दाका अभियुक्त एवं पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही ५ लाख धरौटीमा छुटिसकेका छन्। यस प्रकरणमा कंसाकारबाहेक अरू कुनै पनि अभियुक्तसँग ५ लाखभन्दा बढी धरौटी मागिएको छैन। 

प्रवक्ता कार्कीकाअनुसार, यस मुद्दामा अधिकांश अभियुक्त अदालतमा हाजिर भइसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .