ad ad

कारोबार


सेयरबजारमा सूचक र कारोबार दुवै घट्यो, ‘सर्ट टर्म प्रोफिट’ निकाल्न व्यस्त देखिए लगानीकर्ता

सेयरबजारमा सूचक र कारोबार दुवै घट्यो, ‘सर्ट टर्म प्रोफिट’ निकाल्न व्यस्त देखिए लगानीकर्ता

नेपालखबर
असार २, २०८१ आइतबार १५:२६, काठमाडौँ

धितोपत्रको दोस्रो बजारमा आइतबार खरिदभन्दा बढी बिक्रीमा लगानीकर्ताको चाप देखियो। साताको पहिलो दिनको कारोबारमा सेयर बिक्रेताको चाप बढ्दा त्यसको असर सूचकमा देखिएको हो।

गत हप्ता कारोबार रकम बढेर रौनक छाएको सेयरबजारमा सूचकको वृद्धि भने मिश्रित देखिएको थियो। यद्यपि यो हप्ताको पहिलो कारोबार दिनमा भने सूचकसँगै खरिदबिक्रीको रकम पनि ओरालो लाग्दा लगानीकर्ता सर्ट टर्म प्रोफिट निकाल्न व्यस्त देखिए। 

आइतबार नेप्से सूचक १७.०४ प्रतिशतले घटेर २०९५.२५ प्रतिशतमा रोकिएको छ। कारोबार सुरु भएबाटै निरन्तर घटेको नेप्सेले दिनभर टेवा नपाउँदा बजार राताम्मे बन्न पुग्यो। 

आइतबार लगानीकर्ताले ५ अर्ब ४७ करोड रुपैयाँको मात्रै कारोबार गरेका छन्। जब कि गत बिहीबार लगानीकर्ताले ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेका थिए। बढ्दो कारोबारलाई लिएर बजारमा उत्साह छाइरहँदा आइतबार कारोबार रकम घटेको हो। 

दिनभरजसो दोस्रो बजारमा सेलिङ अर्डर बढ्दा अधिकांश कम्पनीका सेयरमूल्य मात्रै घटेनन्, समूहगत रुपमा सूचक पनि घटेर राताम्मे बनेका छन्। उपसमूहतर्फ होटल तथा टुरिजमबाहेक सबै समूहको सूचक घटेर राताम्मे बन्यो। होटल तथा टुरिजम क्षेत्रको भने ०.०४ प्रतिशतले मात्रै बढेको हो। 

कम्पनीगत रुपमा भने आज नेपाल फाइनान्स सर्वाधिक कमाउने कम्पनीमा छ भने सर्वाधिक धेरै कारोबार पनि गरेको छ। यो कम्पनीको आज ३० करोड को सेयर कारोबार हुँदा सेयरमूल्य भने १० प्रतिशतले बढेको छ। 

योबाहेक मनकामना स्मार्ट लघुवित्त ९.९४ प्रतिशत, शिवश्री हाइड्रोको सेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ। 

समग्रमा आज कारोबारमा आएका ३१७ वटा कम्पनीमध्ये ६४ वटा कम्पनीको शेयरमूल्य बढेको हो। बाँकी १७७ वटा कम्पनीको सेयरमूल्य घट्दा ६ वटाको भने मूल्यमा परिवर्तन भएन। 

घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य कित्तामै ११३ अर्थात १० प्रतिशतले घटेको छ। यो समृद्धि फाइनान्स, ग्लोबल आइएमई लघुवित्त लगायतका कम्पनी सेयरमूल्य घट्नेमा अग्रस्थानमा छन्। 

लामो समयदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) रोकिएको छ। झण्डै ५ महिनापछि नियामक नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने भए पनि त्यसको उत्साह दोस्रो बजारमा देखिनुपर्नेमा त्यसो नभएको हो।

बजार खुल्नासाथ अध्यक्ष पदका दाबेदारहरु नै अन्तर्वार्तामा नगएको समाचार बाहिरिएसँगै धितोपत्रको दोस्रो बजारमा उति उत्साह देखिएन। यसले पनि बजारमा सूचक र कारोबार घटाउन मद्दत गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .