ad ad

कारोबार


३३ अंकले नेप्से बढ्दा २०३ कम्पनीको सेयरमूल्य बढ्यो

३३ अंकले नेप्से बढ्दा २०३ कम्पनीको सेयरमूल्य बढ्यो

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १५:१७, काठमाडौँ

मंगलबार सेयरबजार परिसूचक नेप्से ३३.१५ अंकले बढ्दा २०३ कम्पनीको सेयरमूल्य बढेको छ। 

कारोबार सुरु हुँदै घट्न थालेको नेप्से १२ बजेर ४५ मिनेट भएपछि निरन्तर उकालो लागेको हो। समग्रमा आइतबार नेप्से सूचक १.५९ प्रतिशतले बढेर २११५.२४ अंकमा रोकिएको छ।

यस्तै कारोबार पनि ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको भएको हो। 

सोमबार ५ अर्ब  ४९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार थप ६ करोड बढिको कारोबार भएको हो।

आज मूल्य बढ्नेमा अगाडि जलविद्युत समूह छ। जसमा तीन वटा जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। 

बरुण हाइड्रो, ग्रिन भेन्चर्स,कुथेली बुखरी स्मल हाइड्रो र भगवती हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ सकारात्मक सर्किट लागेको हो।

आजको बजारमा २०३ कम्पनीले कमाउँदा ४१ कम्पनीले भएको मूल्य समेत गुमाएका छन्। जसमा सामलिङ पावर कम्पनी ५.८१ प्रतिशत र कुमारी इक्विटी फण्ड ४.९४ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त ४.४१ प्रतिशत सहित सर्वाधिक गुमाउनेमा अग्रपंतिमा छन्।

यस्तै, एन आरएन एण्ड इन्फ्राइन्ट्रक्चर डेभलपमेन्ट बैंक र माउन्टेन इनर्जी नेपाल सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्। यी दुवैको क्रमश ३६ करोड ३० लाख र २३ करोड १७ लाख रुपैयाँको सेयर काराबोर भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .