ad ad

कारोबार


रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइराला, चिमोरियाको प्यानलै पराजित

रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइराला, चिमोरियाको प्यानलै पराजित

नेपालखबर
जेठ २७, २०८१ आइतबार १३:२, काठमाडौँ

नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ।

जेठ २६ गते शनिबार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन: अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

निर्वाचनमा कोइरालाको प्यानल पूरै विजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो।

घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन्।

त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह-कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन्।

निर्वाचित कार्यसमिति सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन्।

निर्वाचनअघि सम्पन्न उद्घाटन सत्रको शुभारम्भ बागमती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकार अटो व्यवसायीका समस्याहरू हाल गर्न र व्यावसायिक वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए।

उनले संघसँग नेपालको यातायात क्षेत्र र अटो व्यवसायको सेवालाई थप प्रभावकारी पार्न सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

देशभरका १४५ रिकन्डिसन अटो व्यवसायीहरू आबद्ध रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .