कारोबार


नेपालले जुलाईमा न्युयोर्कमा हुने फोरममा दिगो विकास लक्ष्य समीक्षासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता
नेपालले जुलाईमा न्युयोर्कमा हुने फोरममा दिगो विकास लक्ष्य समीक्षासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:४०, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर ह्याम्डीले भेटवार्ता गरेकी छिन्।

बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेकी हुन्। 

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा भएको प्रगति समीक्षा विषयमा छलफल भएको थियो। 

नेपालले आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा दिगो विकास लक्ष्य सम्बन्धमा तेस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन प्रस्तुत गर्नेछ । 

यसअघि नेपालले सन् २०१७ मा पहिलो पटक र सन् २०२० मा दोस्रो पटक भीएनआर प्रतिवेदन प्रस्तुत गरेको थियो।

आगामी तेस्रो प्रतिवेदनले दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यअवधीसम्मको प्रगति समीक्षा गर्नुका साथै बाँकी अवधिका लागि प्राथमिकताका क्षेत्र पहिचान एवम् अवलम्बन गरिने रुपान्तरणकारी रणनीति र कार्यक्रमहरू तय गर्नेछ । 

छलफलको क्रममा संयुक्त राष्ट्र सङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad