शुभम् पावर लिमिटेडले निर्माण गरेको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट फेरि बिजुली उत्पादन सुरु भएको छ।
कम्पनीका अनुसार बाढीले व्यापक क्षति पुर्याएपछि गत वर्ष असार २ दिन आयोजनामा बिजुली उत्पादन बन्द थियो।
अहिले आयोजनाको पुनर्निर्माण र पावरहाउस तथा स्विचयार्डमा जडान भएका विद्युतीय उपकरणको आवश्यक परीक्षण र मर्मतपछि उत्पादन सुरु गरिएको छ।
यही जेठ २२ देखि आयोजनाबाट बिजुली उत्पादन भएको कम्पनीले उल्लेख गरेको छ। यो आयोजना ९९० किलोवाट क्षमताको रहेको छ।
१४ करोड ३९ लाख लागतमा आयोजना निर्माण भएको थियो। यो आयोजना संखुवासभामा रहेको छ।
225
Shares
प्रतिक्रिया