सेयरबजारमा ४ अर्बको कारोबार भएको छ।
सूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा पुगेको दिन ८८ लाख २० हजार १२५ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
कारोबार खुल्नासाथ २०९५ विन्दुमा पुगेको बजार त्यसपछि निरन्तर घट्ने क्रममा २०७९ विन्दुमा आइपुगेको हो।
योसँगै बजारमा ११० कम्पनीको सेयर मूल्य बढेको, १२९ कम्पनीको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज बुद्धिभूमि नेपाल हाइड्रोको ९.९८ प्रतिशतले सेयर बढे पनि अन्य कम्पनीहरुको उल्लेख्य बढेन। उच्च गिरावट व्यहोर्नेमा भने एनआईबीएल स्टेबल फन्ड रह्यो। फन्डको नकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीहरुको अधिकतम ५.९० प्रतिशतसम्म सेयर मूल्य घटेको छ।
आज सर्वाधिक कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अगाडि रह्यो। कम्पनीको १४ करोडको कारोबार भयो। पोखरा फाइनान्सको १३ करोड, ग्रिन भेन्चरको १२ करोड र नेपाल फाइनान्सको १० करोडको कारोबार भयो।
उपसूचकतर्फ माइक्रोफाइनान्स मात्र हरियो रहेको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया