यात्रुले लगेको ‘स्प्रिट’को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले (ढिलाइ) भएको छ।
‘स्प्रिट’ एक उच्च मात्रामा अल्कोहल भएको तरल वस्तु हो जुन नङ पोलिसलगायत हटाउन प्रयोग गरिन्छ।
यो आइतबार बिहान काठमाडौंबाट धनगढी उडानको क्रममा भएको हो। धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो।
७४ जना यात्रुलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ। जहाजमा धूवाँ देखिएको सूचना बाहिरिए पनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्रिट’ बोकेको कारण इन्डिकेटरमा देखिएको जनाएको छ।
‘यात्रुले कसरी जहाजसम्म स्प्रिट बोकेर लगे। सेक्युरिटी कसरी पास भयो’, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने, ‘यात्रुकै कारण करिब २ घण्टा डिले भयो। सबैलाई दुःख भयो।’
त्रिभुवन विमानस्थलले भने आधिकारिक जानकारी दिएको छैन।
*‘स्प्रिट’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सं.।
Shares
प्रतिक्रिया