ad ad

कारोबार


उद्योगहरूको बिजुली काटेर प्राधिकरणले ४०० मेगावाट भारत निर्यात गरेको परिसंघको आरोप

उद्योगहरूको बिजुली काटेर प्राधिकरणले ४०० मेगावाट भारत निर्यात गरेको परिसंघको आरोप

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १४:१४, काठमाडौँ

नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योगहरुमा विद्युत कटौती विद्युत् प्राधिकरणले निर्यात गरेको बताएको छ। विद्युत प्राधिकरणले दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको विषयमा आपत्ति जनाएको हो। 

नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत रहेको परिसंघले उल्लेख गरेको छ। 

‘सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौँ’, परिसंघले भनेको छ। 

विद्युत उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएकोमा  प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको आरोप लगाएको छ। पूर्वी क्षेत्रका उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । 

परिसंघ भन्छ, ‘अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ। प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ।’
 

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रवर्द्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ। 

 उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघको जोडदार माग छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .