ad ad

कारोबार


नेटा, केवाईसी र किङलङ ईभीका ग्राहकहरुका लागि सर्भिस क्याम्प

नेटा, केवाईसी र किङलङ ईभीका ग्राहकहरुका लागि सर्भिस क्याम्प

नेपालखबर
असोज ६, २०८१ आइतबार १७:२४, काठमाडौँ

नेपाली बजारमा  नेटा, सीजी केवाईसी र किङलङ इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले ग्राहकका लागि सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ।

कम्पनीका अनुसार ग्राहकहरुको आवश्यकता र सहजता लाई लक्षित गर्दै भक्तपुरस्थित सीजी मोटर्सको आधिकारिक डिलर फ्युचर मोटर्सले ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गरेको हो।

इच्छुक ग्राहकहरुले बिहान ०७ बजेदेखि बेलुका ०८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त नि:शुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेर पार्टसमा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रामक विस्तार गरेको छ। सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, वीरगन्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवनसहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ। 

सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ। यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सीजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .