ad ad

कारोबार


विदेशबाट सुन ल्याउनेलाई कडाइ, कोटाबाहेक ५० ग्राम ल्याउँदा ३ प्रतिशत बढी शुल्क

विदेशबाट सुन ल्याउनेलाई कडाइ, कोटाबाहेक ५० ग्राम ल्याउँदा ३ प्रतिशत बढी शुल्क

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २०:१७, काठमाडौँ

सरकारले विदेशबाट सुन ल्याउनेलाई कडाइ गरेको छ।  अब कोटा बाहेक ५० ग्रामसम्मका गहना मात्रै ल्याउन पाइने छ।

हाल कोटा बाहेक १०० ग्रामसम्म सुनका गहनामा भन्सार तिरी ल्याउन सक्ने व्यवस्था रहेको थियो।  

कोटा बढीको ५० ग्राम सुन ल्याए पनि प्रचलित दर भन्दा थप ३ प्रतिशत महशुल लाग्ने छ। तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्रीलाई गहनाको मान्यता नदिइने भएको छ।

पुरानै व्यवस्था अनुसार पुरुषहरूले २५ ग्रामसम्म र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महशुल लाग्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .