ad ad

कारोबार


यी हुन् उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान

यी हुन् उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान

नेपालखबर
जेठ १३, २०८१ आइतबार १९:६, काठमाडौँ

४४ वटा सार्वजनिक संस्थानमध्ये पाँच संस्थानले आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक नाफा कमाउन सफल बनेका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० सार्वजनिक संस्थानको समग्र वित्तीय अवस्था प्रतिवेदनमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले सर्वाधिक नाफा कमाएको उल्लेख गरेको हो। 

जसमा गत आर्थिक वर्ष नेपाल आयल निगमले ११ अर्ब ७२ करोड खुद नाफा गर्दा नेपाल विद्युत प्राधिकरणले ९ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको हो। यस्तै नेपाल दूरसञ्चार कम्पनीले ७ अर्ब ९२ करोड,नागरिक लगानी कोषले ३ अर्ब ८५ करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएका हुन्। 

समग्रमा यी पाँच कम्पनीले मात्रै सार्वजनिक संस्थानको कुल नाफाको ७५.६७ प्रतिशत हिस्सा ओगटेका हुन्। 

यस्तै सर्वाधिक नोक्सानमा जाने ५ कम्पनीमा भने नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमन्ट उद्योग र नेपाल टेलिभिजन रहेको छ । यी पाँच वटै कम्पनीको खुद नाफा ऋणात्मक देखिएको हो।

जसमा गत आर्थिक वर्षको वित्तीय विवरणमा नेपाल वायु सेवा निगम ६५ करोड २९ लाख, नेपाल खानेपानी संस्थान ५४ करोड ६९ लाख, दुग्ध विकास संस्था ४८ करोड ४२ लाख, उदयपुर सिमेन्ट उद्योग ३६ करोड २८ लाख र नेपाल टेलिभिजन ३५ करोड १२ लाख रुपैयाँले ऋणात्मक रहेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .