ad ad

कारोबार


१ घण्टाका लागि त्रिभुवन विमानस्थलमा सबै उडान बन्द

१ घण्टाका लागि त्रिभुवन विमानस्थलमा सबै उडान बन्द

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १२:३९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टाका लागि सबै उडान बन्द गरिएको छ। 

धावनमार्गमा खाल्डो देखिएपछि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।  

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको जानकारी दिए। 

‘धावनमार्गको सी र डीको बीचमा एउटा खाल्डो परेको भन्ने आएको छ,’ झाले नेपालखबरसँग भने, ‘धवनमार्गको चेकजाँच र मर्मतको लागि अहिले १ घण्टाको लागि बन्द गरिएको छ।’

अहिले विमानस्थल बन्द भएपछि क्वालालम्पुरबाट काठमाडौं आएको मलेसिया एयरलाइन्स र बैंककबाट आएको थाइ एयरवेजको जहाज आकाशमै घुमिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .