ad ad

कारोबार


फिनल्यान्डको १ करोड ३० लाख युरो अनुदान स्वीकार्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

फिनल्यान्डको १ करोड ३० लाख युरो अनुदान स्वीकार्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १५:४४, काठमाडौँ

सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी उनले सरकारले नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको पनि बताइन्। 

त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ।

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्ति गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .