ad ad

कारोबार


५ वर्षमा राजस्व परिचालन बढाउने र संघीय खर्च घटाउने लक्ष्य

५ वर्षमा राजस्व परिचालन बढाउने र संघीय खर्च घटाउने लक्ष्य

नेपालखबर
जेठ २, २०८१ बुधबार १४:३५, काठमाडौँ

सरकारले आगामी ५ वर्षमा राजस्व परिचालन बढाउने र संघीय खर्च घटाउने लक्ष्य राखेको छ। 

१६औँ आवधिक योजना सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संघीय राजस्व परिचालन २१.४ प्रतिशत पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ। 

आर्थिक वर्ष २०७९/८० मा १८.९ प्रतिशत रहेको राजस्व परिचालन चालू आर्थिक वर्षमा २१.१ प्रतिशत छ। कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संघीय खर्च अहिले २६.८ प्रतिशतमा रहेकोमा २६.४ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। 

सार्वजनिक ऋणको हिस्सा घटाउने लक्ष्य प्रस्तुत गरेको छ। चालू आवमा ४०.३ प्रतिशत सार्वजनिक ऋण रहेकोमा ३९ प्रतिशतमा सीमित राख्ने योजना छ। 

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संघीय वित्त हस्तान्तरण समेत घटाउने भएको छ। चालू आर्थिक वर्षमा वित्त हस्तान्तरण ९.३ प्रतिशत रहेकामा ८ प्रतिशतमा राख्ने भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .