सरकारले ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याएको उल्लेख गरेको छ।
सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २९ सय मेगावाट विद्युत उत्पादन सुरु भएको बताएका हुन्।
चालू आर्थिक वर्षमा ३ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको उल्लेख गरेका छन्। सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको बताउँदै विकास निर्माणका कामले तिब्रता आएको बताएका छन्।
नेपाली जनतामा आशा र भरोसा बढेको नीति तथा कार्यक्रममा उल्लेख छ।
75
Shares
प्रतिक्रिया