कारोबार


२० अर्ब तिरेपछि नेपाल टेलिकमले ५ वर्षका लागि पायो नयाँ लाइसेन्स

२० अर्ब तिरेपछि नेपाल टेलिकमले ५ वर्षका लागि पायो नयाँ लाइसेन्स

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १७:४८, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई नयाँ लाइसेन्स दिएको छ। 

प्राधिकरणले ५ वर्षको लागि टेलिकमलाई लाइसेन्स दिएको हो।

बिहीबारमात्रै टेलिकमले सरकारलाई यसअघिको नवीकरणबापतको २० अर्ब रुपैयाँ बक्यौता शुल्क बुझाएको थियो।   

प्राधिकरणका सहप्रवक्ता डा. प्रदिप पौडेलले २५ वर्ष अवधि सकिएकाले नयाँ लाइसेन्स दिएको जानकारी दिए। 

‘नयाँ लाइसेन्स दिने प्रक्रियाअनुसार २१ करोड दस्तुर लिएर ५ वर्षको लागि दिइएको छ’, पौडेलले नेपालखबरसँग भने, ‘अधिकतम १० वर्षको लागि दिन सकिने व्यवस्था रहेकोमा ५ वर्षको लागि दिइएको छ। त्यसपछि कानुनअनुसार नवीकरण गर्नुपर्छ।’

२५ वर्ष पुगेसँगै के हुने कानुनी स्पष्टता नहुँदा मन्त्रिपरिषद बैठकले अहिलेलाई नयाँ लाइसेन्स दिन प्रधिकरणलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .