कारोबार


चितवन राष्ट्रिय निकुञ्जमा बाराही जंगल लजले संकलन गर्‍यो ३ ट्याक्टर फोहोर

चितवन राष्ट्रिय निकुञ्जमा बाराही जंगल लजले संकलन गर्‍यो ३ ट्याक्टर फोहोर

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:४३, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा फाेहाेर बढेपछि बाराही हस्पिटालिटीअन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले सरसफाइ गरेकाे छ। 

प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको हो। 

लजदेखि ३ किमि तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए। 

निकुञ्जकाे सरसफाइ हरेक वर्ष गर्दै आइरहेको थनेतले बताए। रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ। 

रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ। 

चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थीममा बनेको छ। 

१२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ, भालु, गोहीलगायत विभिन्न प्रजातिका जरायो र पन्छीहरु रमाएको दृश्यावलोकन गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .