सेयरबजार झिनो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ।
योसँगै ७२ लाख ८४ हजार कित्ता बिक्री हुँदा कारोबार रकम २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
बजारमा आज ११३ कम्पनीका सेयरधनीले कमाएका छन् भने ११७ वटाका लगानीकर्ताले प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। १५ वटा कम्पनीको भने सेयर मूल्य घटबढ भएन।
आज पोखरा फाइनान्सको १० प्रतिशतले सेयरमूल्य बढेको छ। त्यस्तै गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्सलगायतको पनि बढेको छ।
गुमाउने लगानीकर्ताले ७.८४ प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर उच्च कारोबार भएको छ। ६३ करोडको उच्च कारोबार भएको हो।
48
Shares
प्रतिक्रिया